संसार अटाउने तिम्रो मुटु भित्र मेरो
एक अन्जुली माया अटाईदेउ
भन्थ्यौ माग्दिन अरु तिम्रो केही म
केवल यही नै कसम देउ ।
तोडेर कसमको बन्धन तिमीले मात्रै मलाई बन्दी बनायौ
लुटेर बसन्त मेरो जीवनको फेरी किन आगो सल्कायौ
डढेलो बोकेर छातीभित्र मेरो
साँचेकै छु एक अन्जुली माया ।
तिम्रो कसमको परिधीभित्र अझै पनि त्यहीँ डुल्दैछु
सजाय यो कठोर सहेरै पनि मैले तिमीलाई नै सम्झेकै छु
सम्झना ओझेल परे तर तिम्रै लागी
सांचेकै छु एक अन्जुली माया ।
PLZ don't forget to comment me after u see this......
अरुको धेरै BLOGSPOT पढियो अब आफुले पनि केही लेखु भनेर सुरुवात गरेको छु । यो मेरो पहिलो प्रयास हो । मलाई rosaan.assum@yahoo.com मा संपर्क गर्न सक्नुहुनेछ।
Tuesday, December 21, 2010
जाँदैछु छाडी आमाको काख
जाँदैछु छाडी आमाको काख पराई देशमा
विजयि आशिष देउन आमा हातराखी केशमा ।
माटोको माया मुटुभरी
हिमाली छाँया आँखाभरी
जाँदैछु लिएर
भुल्ने म छैन स्वदेशलाई
आनन्द पिएर ।
स्वदेशले मागे मेरो पसिना
धर्तीलाई परे रगत सिँचन
फर्केर आउनेछु
आमाको मुहार हसाउंनलाई
खुशी म ल्याउने छु ।
विजयि आशिष देउन आमा हातराखी केशमा ।
माटोको माया मुटुभरी
हिमाली छाँया आँखाभरी
जाँदैछु लिएर
भुल्ने म छैन स्वदेशलाई
आनन्द पिएर ।
स्वदेशले मागे मेरो पसिना
धर्तीलाई परे रगत सिँचन
फर्केर आउनेछु
आमाको मुहार हसाउंनलाई
खुशी म ल्याउने छु ।
के नै छ र
के नै छ र बाँकी भन्नु जिन्दगीमा रुनलाई
त्यसैले त छैन भाग्यमा नै खुशी हुनलाई ।
आज यस्तो पिंडा बोकी बाँचि रै'छु तर फेरी
हाँसीदिन्छु अरुलाई आँशु पिउंदै घरीघरी
थोपै छैन पानी कतै पिर ब्याथा धुनलाई
त्यसैले त छैन भाग्यमा नै खुशी हुनलाई ।
नचाहेनि भेट्नु पर्ने मान्छेहरु थरीथरी
किन होला झुम्मिएका संधै मेरै वरीपरी
यौटै छैन साथी मेरो घाउ तर छुनलाई
त्यसैले त छैन भाग्यमा नै खुशी हुनलाई ।
त्यसैले त छैन भाग्यमा नै खुशी हुनलाई ।
आज यस्तो पिंडा बोकी बाँचि रै'छु तर फेरी
हाँसीदिन्छु अरुलाई आँशु पिउंदै घरीघरी
थोपै छैन पानी कतै पिर ब्याथा धुनलाई
त्यसैले त छैन भाग्यमा नै खुशी हुनलाई ।
नचाहेनि भेट्नु पर्ने मान्छेहरु थरीथरी
किन होला झुम्मिएका संधै मेरै वरीपरी
यौटै छैन साथी मेरो घाउ तर छुनलाई
त्यसैले त छैन भाग्यमा नै खुशी हुनलाई ।
कहाँ राख्यौ
कहाँ राख्यौ जोगाएर मेरो चोखो मायालाई
छामीहेर्छु छातीभित्र अझै तिम्रो छाँयालाई ।
बादलपारी गयौ तिमी एक्लै मलाई यहाँ छाडी
लत्याएर मेरो संसार मुटुभित्र काँडा गाढी
अझै पनि म रोईरहेछु सम्झी तिम्रै मायालाई
छामीहेर्छु छातीभित्र अझै तिम्रो छाँयालाई ।
यसैगरी आँशुसंगै नाता जोडी बाँचु कति
मुटुभित्र पिंडा लुकाई बाहिर म हासुँ कति
कैले सम्म रुनु मैले सम्झी तिम्रै मायालाई
छामीहेर्छु छातीभित्र अझै तिम्रो छाँयालाई ।
छामीहेर्छु छातीभित्र अझै तिम्रो छाँयालाई ।
बादलपारी गयौ तिमी एक्लै मलाई यहाँ छाडी
लत्याएर मेरो संसार मुटुभित्र काँडा गाढी
अझै पनि म रोईरहेछु सम्झी तिम्रै मायालाई
छामीहेर्छु छातीभित्र अझै तिम्रो छाँयालाई ।
यसैगरी आँशुसंगै नाता जोडी बाँचु कति
मुटुभित्र पिंडा लुकाई बाहिर म हासुँ कति
कैले सम्म रुनु मैले सम्झी तिम्रै मायालाई
छामीहेर्छु छातीभित्र अझै तिम्रो छाँयालाई ।
श्रीष्टीकै नियम
श्रीष्टी कै नियम रहेछ मर्नु मर्ने त गै जान्छन
सम्झेर बाँच्ने ले अरु के गर्नु आँशु बगाईरन्छन ।
भन्देउ न दाजु भन्देउ न दिदी अब त नरोए
मुस्काई बाँच्ने जिन्दगीलाई आँशुले नधोए
खै कस्ले पायो मरीजाने लाई बिर्षनै पर्दछ
आँशुको प्रतेक थोपामा बुझ जिन्दगी झर्दछ ।
पूर्णेको जून तिम्रै लागी हो अँध्यारो नरोज
खुशीलाई पनि समेट्ने गर बेदना नखोज
टाढा छ तिम्रो मुटुको मान्छे बादल पारी देशमा
भेट्दै छौ होला सपनामा अझै मायालु भेषमा ।
सम्झेर बाँच्ने ले अरु के गर्नु आँशु बगाईरन्छन ।
भन्देउ न दाजु भन्देउ न दिदी अब त नरोए
मुस्काई बाँच्ने जिन्दगीलाई आँशुले नधोए
खै कस्ले पायो मरीजाने लाई बिर्षनै पर्दछ
आँशुको प्रतेक थोपामा बुझ जिन्दगी झर्दछ ।
पूर्णेको जून तिम्रै लागी हो अँध्यारो नरोज
खुशीलाई पनि समेट्ने गर बेदना नखोज
टाढा छ तिम्रो मुटुको मान्छे बादल पारी देशमा
भेट्दै छौ होला सपनामा अझै मायालु भेषमा ।
भन्थ्यौ तिमी फूल हो जीवन
भन्थ्यौ तिमी फूल हो जीवन बल्ल आज मैले मानें
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
दुई दिनको जिन्दगीलाई ब्यर्थै नष्ट गरिगयौ
मुटुभित्र झुसी पारी बिरह त भरीगयौ
आँखिरी त दुईदिनको चोला हो यो मरीजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
पिरहरु भोलि रुँला भन्थ्यौ आज हाँस्नुपर्छ
के थाहा र भोली कस्तो कर्म खेपी बाँच्नुपर्छ
किन यती हतार भयो सारा खुशी तरी जाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
हिउँ जस्तै रै'छ जीवन घाम लागे पग्लिजाने
सम्झना नै सँधै सँधै हिमालझैं अग्लीजाने
घाउ दियौ सम्झँदैमा आँखाहरु भरीजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
दुई दिनको जिन्दगीलाई ब्यर्थै नष्ट गरिगयौ
मुटुभित्र झुसी पारी बिरह त भरीगयौ
आँखिरी त दुईदिनको चोला हो यो मरीजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
पिरहरु भोलि रुँला भन्थ्यौ आज हाँस्नुपर्छ
के थाहा र भोली कस्तो कर्म खेपी बाँच्नुपर्छ
किन यती हतार भयो सारा खुशी तरी जाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
हिउँ जस्तै रै'छ जीवन घाम लागे पग्लिजाने
सम्झना नै सँधै सँधै हिमालझैं अग्लीजाने
घाउ दियौ सम्झँदैमा आँखाहरु भरीजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
परदेशी बाबा सम्झेर
परदेशी बाबा सम्झेर छोरी रोयौ कि धरर
मेरो नि छाती सम्झेर तिमीलाई चिरिन्छ चरर
छोरी नरोउ न धरर ।
म किन रोउँ बाबाको माया आलै छ छातीमा
दशैंमा आशिष दिनलाई बाबा आए फुलपातीमा
बाबा आए फुलपातीमा ।
तिमी नै यौटी छोरी हौ मेरो जिउंने आधार
मायालु बोली लेखेर पठाउ चिठ्ठीमा सरर
तिमी जिउने आधार।
लेख्ने छु बाबा चिठ्ठीमा मेरो मुटुको मायालाई
परदेशी भई नभुले बाबा गाउँघरको मायालाई
बाबा गाउँघरको मायालाई ।
पाईलामा तिम्रो सफलता अनि मुहारमा जुन छ
बाबाको आशिष सदैब तिम्रो शिरमा हुनेछ
तिम्रो मुहारमा जुन छ ।
अब त फर्की आए है बाबा सम्झेर प्यारो गाउँ
यहाँको बाटो गोरेटोहरुले लिंदैछ तिम्रो नाउँ
बाबा लिंदैछ तिम्रो नाउँ ।
मेरो नि छाती सम्झेर तिमीलाई चिरिन्छ चरर
छोरी नरोउ न धरर ।
म किन रोउँ बाबाको माया आलै छ छातीमा
दशैंमा आशिष दिनलाई बाबा आए फुलपातीमा
बाबा आए फुलपातीमा ।
तिमी नै यौटी छोरी हौ मेरो जिउंने आधार
मायालु बोली लेखेर पठाउ चिठ्ठीमा सरर
तिमी जिउने आधार।
लेख्ने छु बाबा चिठ्ठीमा मेरो मुटुको मायालाई
परदेशी भई नभुले बाबा गाउँघरको मायालाई
बाबा गाउँघरको मायालाई ।
पाईलामा तिम्रो सफलता अनि मुहारमा जुन छ
बाबाको आशिष सदैब तिम्रो शिरमा हुनेछ
तिम्रो मुहारमा जुन छ ।
अब त फर्की आए है बाबा सम्झेर प्यारो गाउँ
यहाँको बाटो गोरेटोहरुले लिंदैछ तिम्रो नाउँ
बाबा लिंदैछ तिम्रो नाउँ ।
Subscribe to:
Comments (Atom)