Tuesday, December 21, 2010

सिमलको हाँगामा

सिमलको हाँगामा चैत पनि फुल्दो रै'छ
परदेश गा'को मायालुले चोखो माया भुल्दो रै'छ ।

बरालियो हुरी संगै बैसाखमा मेरो मन
रोईरोई बिताउंदैछु निरास यो एक्लो पन
सुबास रहित फूलमा पनि भमरा डुल्दो रै'छ
परदेश गा'को मायालुले चोखो माया भुल्दो रै'छ ।

न चिठ्ठी नै पठाउंछ न त उ नै भेट्न आउंछ
निष्ठुरीले सपनीमा मात्रै माया लाउंछ
झरी परिसकेपछि आकाश खुल्दो रै'छ
परदेश गा'को मायालुले चोखो माया भुल्दो रै'छ ।

No comments:

Post a Comment