हुरुक्कै बनाई छाड्यो पापीनीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।
बसन्तका पातहरु झरेकै थिएन
जिन्दगीमा रात पनि परेकै थिएन
उठिबास लाई छाड्यो त्यै मोरीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।
त्यसको माया नदी जस्तै बग्थ्यो सलसली
आँखाभरी त्यसकै मुहार आउछ झलझली
रित्तो पर्यो मनको घर निर्मोहीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।
No comments:
Post a Comment