बाटो कुर्दै देउरालीमा साँझ नपार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।
पाखाभरि ढकमक गुराँस् फुल्यो होला
मेरै गीत सुसाउछकी अझै पुवा खोला
पच्छौरिले चिया बारीमा ओझेल नपार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।
अन्तु डाँडाबाट झुल्के घाम हेर्दै छौ कि
फुकायौ कि मेरो माया अझै बेर्दै छौ कि
एक्लो पर्दा देउरालीमा हिम्मत नहार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।
No comments:
Post a Comment