नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि उज्यालो
हावाको एक झोंकासंगै
निभेछ दियालो ।
बेफुर्सदी मान्छे सबै संधैं नै हतारो
भ्याई नभ्याई दौडादौडी फेरी नि पसारो
उहि कर्म गर्नै पर्ने बाध्यता के साह्रो
नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि अनौठो
साँझ बिहान निल्नैपर्ने
भए नि नमिठो ।
सबै खोज्छन जिन्दगीमा केहि बेग्लै गरुँ
भेटे सम्म नयाँ नौलो आफु एक्लै गरुँ
सके देखि आफुं मात्रै बैतरणी तरुँ
नयाँ दिन आयो कसरी म भनुँ
छैन कहिँ नयाँनौलो
भोग्नै पर्ने जिन्दगीमा
सधैं यै पुरानो ।
No comments:
Post a Comment