Tuesday, December 21, 2010

त्यो रातको कथा मेरो

त्यो रातको कथा मेरो तिमीलाई सुनाउँदिन
भागी भागी टाढा भएँ तिमी सामु आउँदिन ।

ईन्द्रेणी परेको आकाशमा तिमीलाई ब्यर्थै खोजेँ
हजारौं फूलहरु छाडेर भिरकै फूल किन रोजें
यि आँखामा फेरी अब सपना सजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।

निर्दोश मेरा यि आँखाहरुमा तिम्रो तस्वीर सजाएथें
कोमल मेरो यो हृदयमा तिम्रै संगीत बजाएथें
यो मुटु मा फेरी अब धून बजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।

No comments:

Post a Comment