Monday, December 20, 2010

A collection of नेपाली जोक्स

A collection of नेपाली जोक्स

  • रुपक- हाम्रो देश को मृत्यु औसत दर कति हो?

           मुनदरे- शत-प्रतिशत।
           रुपक- कसरी?
           मुनदरे- हाम्रो देशमा जति जन्म छन् ति सबै जाना मर्छन्।।
           रुपक- त्यसो भए संसारको मृत्यु दर कति हो?
           मुनदरे- भयो यार, अरुको किन मतलब राख्ने।।।


  • मुनदरे- मेरो पत्नी सधैं लगाउने कपडा छैन् भनेर गुनासो गर्छे।
    रुपक- के तिमीले कपडा किनिदिएनौ त?
    मुनदरे- छैन, बरु पर्दा किनि सबै झयालहरुमा लगाई दिए।।।
  • रुपक- आज म १० वटा ई-मेल पठाउछु।।
    मुनदरे- ठिक छ, म त्यसलाई हुलाकमा पुराएर आइदिउला!!!!!
  • विदेशमा भएको लाहुरेलाई उसको प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनि चिठ्ठी लेखेकोमा दुखी र निराश थियो।।
    तर केटा पनि के कम उसले भएको सबै फोटो जम्मा गर्यो र लेख्यो:
    “मायालु प्रिय,
    मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदेउँ।।।”
  • रेष्टुरामा लेखिएको कुरा:
    “जसलाई बिर्सने रोग छ उसले पहिलै पैसा तिर्नुपर्छ”

    किन केटा मान्छे पहिलो नजरमा नै माया बस्छँ किनभने उसले धेरे समय बचाउँछ त्यसैले पहिलो नजरमा नै माया बस्छ।।।।
  • पत्नी बिमारी भएकोले श्रीमानले डाक्टरलाई घरमा बुलायो। बुढा डाक्टर आफ्नो ठुलो बैग लिएर आयो र पत्नीको चेकअप गर्नको लागि श्रीमानलाई बेडरुमबाट बाहिर निकालि दियो। एकै छिन पछि डाक्टरले श्रीमानसगँ हथौंडा माग्यो। फेरी चक्कु माग्यो, फेरी पेचकस, फेरी प्लास......
    “आखिरमा तपाईं के गर्दै हुनुहुन्छ?” बेडरुमको दरबाजा ढक्ढकाउदैं श्रीमानले भन्यो।।
    “अँ, मेरो बैग नै खुली रहेको छैन्” बुढा डाक्टरले जबाव दियो।।
  • पत्नी: डार्लिंग, म मरे भने तिमी दोस्रो विवाह गर्दछौ?
    पति: तिमीलाई थाहा छ की मलाई एक्लो पन देखि कति डर लाग्छ भनेर।
    पत्नि: त्यसो भए मेरो गाडी पनि चलाउन दिन्छौ त?
    पति: दिन्छु, आखिरमा त्यो कार गिफ्ट आएको त हो नि।
    पत्नी: अनी यसै घरमा बस्छे?
    पति: यसमै, यो घर त मेरो नाममा छ नि।
    पत्नी: त्यसो भए मेरो कपडा पनि लगाउछे त?
    पति: अह, ऊ अलि ठुली छे।।।।।।
  • एउटा व्यक्ति सिनेमाहलमा मूवी हेर्न गएको थियो।
    उसको सिट २ महिलाको बिचमा थियो।
    तब टार्चम्यान उसको नजिक आएर भन्यो, “कृपया यी दुईलाई साथमा बस्न दिनु, के तपाईंलाई एउटा छोरी र आमा छुटाउन मन लाग्छ?”
    “अहँ साच्ची मन लाग्दै न।” भन्दै त्यो व्यक्ति सीटबाट उठेर गयो,” एक चोटि गल्ती गर्नाले अहिले सम्म सजाय भोग्दै छु।”
  • तलाक केस को सुनवाई भईरहेको बेला पत्नी ने जजलाई भनी म आफ्नो पतिलाई तलाक दिन चाहान्छु।
    “तर किन?” जजले सोध्नु भयो।
    “मेरो पाचँवटा बच्चा मध्ये कसैको पनि अनुहार ऊसगँ मिल्दैन, मी लार्ड।”
  • “मुनदरे तिमी धेरै उदास देखिन्छौ किन?” मुनदरेको साथीले सोध्यो।“यार मेरी श्रीमतीले एक-तीस दिनसम्म नबोल्ने बाचा गरी यार” मुनदरेले भन्यो।साथी-“ झन् खुशी हुनु पर्ने होइन र।”मुनदरे-“ आज तीसै दिन हो नि।।”
  • पत्नी बिमारी भएकोले श्रीमानले डाक्टरलाई घरमा बुलायो। बुढा डाक्टर आफ्नो ठुलो बैग लिएर आयो र पत्नीको चेकअप गर्नको लागि श्रीमानलाई बेडरुमबाट बाहिर निकालि दियो। एकै छिन पछि डाक्टरले श्रीमानसगँ हथौंडा माग्यो। फेरी चक्कु माग्यो, फेरी पेचकस, फेरी प्लास......
    “आखिरमा तपाईं के गर्दै हुनुहुन्छ?” बेडरुमको दरबाजा ढक्ढकाउदैं श्रीमानले भन्यो।।
    “अँ, मेरो बैग नै खुली रहेको छैन्” बुढा डाक्टरले जबाव दियो।।
  • मुनदरे- मेरो पत्नी सधैं लगाउने कपडा छैन् भनेर गुनासो गर्छे।
    रुपक- के तिमीले कपडा किनिदिएनौ त?
    मुनदरे- छैन, बरु पर्दा किनि सबै झयालहरुमा लगाई दिए।।।
  • मुन्दरे एउटा शान्त बगैँचामा बसि रहेको हन्छ।।
    एउटा विदेशी अएर:”Are you relaxing?”(के तपाईँ आराम गर्दै हुनुहुन्छ?)
    मुन्दरे:”no, I am mundre.”
    अर्को विदेशी अएर:”Are you relaxing?”
    मुन्दरे:”no, I am mundre.”
    फेरी अर्को विदेशी अएर:”Are you relaxing?”
    मुन्दरे:”no, I am mundre.”
    मुन्दरे दिक्क मान्दै अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई सोध्छ्।
    मुन्दरे:” के तपाईँ relaxing हो?”
    त्यो मान्छे:”हो।”
    मुन्दरेले त्यो मान्छेलाई एक झापड हान्दै: “ सबैले तँलाई खोजी राखेका छन् तँ चाहिँ यहाँ मस्तसँग बस्ने??”
  • सात बर्षको बच्चाले बिएरको बोतल हेर्दै: “कति मिठो होला। किन भने मेरो बाबु सधै यो पीएपछि मेरो ममीलाई मायालु देख्नु हुन्छ।।
  • एक रात एक जना मनिस बाटोमा हिडिरहेको थियो,अचानक पछाडि बाट कोहि आएर भन्यो “तिमीसँग जे छ सबै मलाई देउ”
    लुटिन लागेको मनिस:तिमी मलाई यसो गर्न सक्दनौ म ठुलो नेता हु
    लुटेने मानिस:त्यसो भए तिमि मेरो पैसाहरु मलाई फिर्ता देउ
  • स्कुल र गर्ल्स कलेजमा के फरक छ?
    स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन
    किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन्
  • मुन्द्रे राति हरेक घण्टामा उठेर चिनीको भाँडो हेर्दे फेरि सुत्दो रैछ
    यो देखेर राता मकै अचम्ममा परेछन
    र के गरेको भनेर सोधेछ
    मुन्द्रेले जबाफ दिएछ:म डाक्टरको मा गएको थिए,उनले हरेको घण्टामा सुगरको लेबल हेर्नु भनेका छन्।
  • एक चोर राति एउटा कपडाको पसलमा चोर्न गएछ।पुलिसले थाहा पएछ र समातेछ
    उसको अदातलमा सुनवाई हुन लागेछ
    जज:तिमीलाई चोर्दा आफ्नो बाल बच्चा श्रीमतीको अलि कति पनि याद आएन
    चोर: यसमा मेरो के गल्ति त म जहाँ चोर्न गए त्यहाँ जेन्स कपडा मात्र थिए।
  • बोस:तिमी मेरो दोस्रो श्रीमती जस्तै देखिन्छौ?
    सेक्रटरी:तपाईको कति चोटि बिबाह भयो सर
    बोस:१ चोटि
  •  जना, एक नेपाली र एक इन्डियनलाई ६ बर्ष जेल चलान गर्ने भएछन।जेल जाने बेला नेपालीले किताबहरु मागेछन र ईन्डियनले चै ६ बर्षको लागि चुरोट मागेछ
    अब ६ बर्ष पछि नेपाली जेलबाट बहिर आएछ । उसको सबै दाह्रि आएको रैछ
    ६ बर्ष पछि ईन्डियन जेलबाट बहिर आएछ र बनेछ
    सालेहरुले ६ बर्षसम्म चुरोट चै दिए सलाई चै कहिल्यै दिएनन्
  • राम:तलाई पौडी खेल्न आउछ?
    हरि:आउदैन
    राम:त जत्रो त कुकुरले पनि पौडी खेल्न सक्छ
    हरि:तलाई पौडी खेल्न आउछ त?
    राम :आउछ
    हरि:अब कुकुर र त मा के फरक भो त
  • फैसला सुनाउन भन्दा पहिले जर्जले अपराधीसगँ सोध्यो-‘तिमी पहिला कहिले जेल गएका थियौ?
    अपराधीको आखाँमा आशुँ आउन सुरु भयो। उसले रुदै रुदै जवाफ दियो-छैन हजुर ,म पहिला कहिले जेल गएको छैन।
    ठीकै छ। जर्जले सहयोगको भावनामा भन्यो-रुन्छस् किन? म अब पठाइदिउँला।
  • नोकर-मालिक तपाईको लागि धेरै नरामो खबर छ।
    मालिक- सुना
    नोकर-तपाईकी पत्नी तपाईको छिमेकीसगँ भागिछे।
    मालिक- पहिला नरामो खबर सुना।
  • सिधै घर आउने गर
    आमा-तँ यति धेरै अबेरसम्म बाहिर रहेको म सहन सक्दिन।
    छोरी-तर आमा
    आमा-म केहि पनि सुन्न चाहान्न । तँ अब कलेजबाट सिधै घर आउने गर।
    छोरी-तर आमा म कुनै बच्ची त होइन।
    आमा-त्यसैले त।
  • मैले तिमीलाई भनेको थिएँ कि दूध उम्लेको समय ध्यान राख्न्नू तै पनि तिमीले ध्यान दिएनौँ-पत्नी आफ्नो पतिसँग रिसाई
    मैले ध्यान दिएको थिएँ ,दूध दश बजेर तीस मिनेटमा उम्लेको थियो-पतिले शान्तसँग भन्यो।
  • कक्षा तीनमा पढ्ने राजुसँग शिक्षिकाले सोधिछिन्।
    शिक्षिका:- ल भन त राजु, कान नसुन्नेलाई हामी के भन्छौँ?
    राजु:- जे भने पनि के फरक पर्छ र मिस ?कान सुन्ने होईन क्यार! 
  • केटा “सेक्स गर्दा केतीलाई पानी मजा आउछ तर पनी कीन केटाले मात्रा पैसा तिर्नु पर्छ ?
    केटी – बेवकुफ थाहा छैन आउट गोइङ्को मात्र चार्ज लाग्छ इन्कोमीङ्को लाग्दैन भनेर
  • जब कालो बादल लाग्छ आकाशमा,तिम्रो याद आउछ,जब पानी पर्छ,तिम्रो याद आउछ ,जब पानीमा भिज्छु तिमी नै याद आउछौ । भन मेरो छाता कहिले फर्काउछौ ??? 
  • Boy: If I Kiss u, Wht do u Think? Gal: T Think, बेब्कुफ, जो पुरा नेपाल घुम्न सक्थ्यो एअरपोर्ट बाट्टै फर्कियो 
  • एक्जना ले साधु सँग भन्यो “ मेरो श्रीमतीले एकदम दु:ख दिन्छ कुनै उपाय बताउनुस् महाराज

    साधु “अरे गधा!उपाये थाहा भएको भये म साधु हुन्थीए ? 
  • यदी तिमीले मलाई kiss गर्न खोज्यौ भने म करौछु।।
    केटा “तर यहाँ टाढा टाढा सम्मा कोहिपनी छैन ?

    केटी “ मलाई थाहा छ तर formality त पुरा गर्नु पर्‍यो नि।। 
  • नँया चित्रकारले माछाको चित्र बनाउँदै गरेको देखेर प्रसिद्ध चित्रकारले सोधेछन्,

    यो कुन माछाको चित्र बनाउँदै छौ ?

    चित्रकारले जवाफ दियो शार्कको ।

    के तिमिले शार्क माछा देखेका छौ ?

    अहँ देखेको छैन । अनि फेरि कसरि बनाउँछौ त ?

    तपाई भगवान राम र सिताको चित्र बनाउँनु हुन्छ, के तपाईले उनिहरुलाई देख्ननुभाछ ? 
  • बिक्रम, आजको परिक्षा कस्तो भयो ।

    राम, एकदम नराम्रो मैलेत सबै कपि खालिनै बुझाएँ । बिक्रम, मैलेपनि यस्तै गरेँ । राम, हे भगवान तिमिले यो के गरेको अब हामिलाई एक अर्काको नक्कलको आरोप लाग्ने भयो । 
  • एकजना भुलक्कड मेनेजर महोदय आफ्नो घडि बाँया गोजिमा राख्ने गर्थे ।

    एकदिन झुक्किएर दाँया गोजिमा रखेछन । र समय हेर्ने बेलामा बायाँ गोजिमा हात हालेर छाम्दा घडी गायब । फेरि उनले कामदारलाई घडी लिन घर पठाए । अनि दाँया गोजिमा हात हालेर घडी निकालेर हेर्दै भने अहिले १०:१५ भयेछ १०:२५ मा जसरि भएपनि आईपुग्नुनि । नत्र ढिला हुन्छ । 
  • छोरी: आमा अब हामी धनी हुने भयौं ।

    आमा : कसरी छोरी ?

    छोरी : भोलि देखि हामीलाई मिसले पैसालाई रुपिया बनाउन सिकाउनु हुन्छ रे ।
  • हा हा हा हा हा
    लोग्नेस्वास्नि
    "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?"

    "के गर्ने हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।" 
  • एक व्यत्तिले आफ्नो छिमेकीलाई आफ्नो दुख्ख पोख्दै भनेछ - यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको धाँस त खाँदैखाँदैन् ।के गर्ने होला ?

    छिमेकीले हत्त न पत्त भनेछ - धेरै सजिलो छ, मेरो भैसीले पनि सुकेको धाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको गमागम खान थाल्यो

    दोस्रो दिन व्यत्तिको हातखुट्टामा प्लाष्टर गरेको गरेको देखेर छिमेकीले व्यत्तिलाई सोधेछ - के भयो ?

    व्यत्तिले भनेछ - के गर्ने यार गधालाई हरियो चश्मा लगाइदिदै थिएँ । गधाले दुई लात्ती हान्यो र भन्यो - मलाई भैसी सम्झिस् की 
  • बिरामी : म नीको हुन चाहन्न किनकी म तिमीलाई माया गर्छु र दिनहु देख्न चाहन्छु ।

    नर्स : तिमी नीको पनि हुने छैनौ किनकी तिमीले मलाई किस् गरेको डाक्टरले देखिसक्यो र उनी पनि मलाई माया गर्छन् । 
  • सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ?

    बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ? 
  • एकजना ज्वाँई आफ्नि माईत गएर बसेकि श्रीमति लिन भनि ससुरलि गएछन ससुरालिमा ससुराले ज्वँईलाई गफ गरन ज्वाँई गफ गर भनेर निक्कै कर गरेछन् ।

    ससुरा : ज्वाँई गफ गर्नुस्न ।

    ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन।

    ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन ।

    ज्वाँई : मालाई त कुरा निकाल्नै पो आउदैन त बुवा ।

    ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस ।

    ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो भित्र्याउनलाई पनि निक्कै गारो भयो फेरि एक्लै मान्छे अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय झुन्ड्याई दिएँ त्यसपछि त स्याल्ले पनि धान काट्यो मैले पनि काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर ससुरालि तिर आएको ।

    ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्छ र ?

    ज्वाँई : गफै त हो नि ससुरा । 
  • स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि ।

    सर : राम तिमि चुरोट खान्छौ हो ?

    राम : होईन सर ।

    सर : तास खेल्छौ ?

    राम : खेल्दिन सर ।

    सर : मदिरापान गर्छौ ?

    राम : गर्दिन सर ।

    सर : तिम्रो त सबै बानि राम्रो रहेछ त ।

    राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नराम्रो छ ।

    सर : के चाहि बानि नराम्रो छ त तिम्रो ?

    राम : सर मेरो ढाँट्ने चाँहि बानि नराम्रो छ । 
  • छोरा, बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे।

    बुवा, (निन्द्रैमा) किन ?

    छोरा, चोर आयो रे ।

    बुवा, ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे । 
  • वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ?



    चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए

    काठमा लेखेको थियो। धन्यवाद फेरि आउनु होला। 
  • पहिलो भिखारी: तिमिले कसैसगँ भिख माग्दा कसैले कार दियो भने तिमि के

    गर्छो ?

    दोस्रो भिखारि: म कारमा बसेर भिख माग्न जान्छुँ। 
  • पति ज्योतिसकहाँ हात देखाउन गए ।

    ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ ।

    पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु ।
  • गाउँबाट भर्खरै शहर आएका एउटा केटा पसलमा गएछ:
    केटा: साहुजी, यहाँ के-के पाइन्छ ?
    साहुजी: यहाँ कोक, फेन्टा, पेप्सी... सबै पाइन्छ ।
    केटा: त्यसोभए मलाई कोक र पेप्सी गरेर एक पाथी राख्दिनुस न । 
  • मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता

    मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता केटीले फोन रिसिभ गरी।

    मुन्द्रे:- तिमी को बोलेको?

    केटी:- सिता बोल्दैछु।

    मुन्द्रे:- ए, मैले जनकपुर गरेको त, अयोध्या पो पुगेछ।
  • एक दिन मुन्द्रे र एक जना मान्छे बिसौ तल्लामा बसेर कुरा गर्दै थियो। अकस्मात कसैले मुन्द्रेलाई “मुन्द्रे स्यामेको छोराको मुत्यु भएछनी।

    बियोग सहन नसकि मुन्द्रे २० तल्लाबाट हाम फाल्यो।उ तल झर्न लाग्यो।

    जब उ ८ औ तल्लामा पुग्यो उसले सम्झयो उसको त छोरा नै छैन

    जब ऊ ५ औ तल्लामा पुग्यो उसले सम्झयो कि उसको त बिहे नै भा छैन

    जब ऊ २ औ तल्लामा पुग्यो उसले आफु मुन्द्रे भएको सम्झयो ॥
  • एउटा विद्यार्थीले जाँच सकेर आएपछि भनेछ : “हे भगवान ! काठमण्डौलाई चीनको राजधानी बनाई देऊ ।“

    हाँस्दै अर्कोले सोधेछ: “तँ त ठीकमा छस् ? यस्तो कुरा पनि भगवानसँग माग्ने?”

    उसले भनेछ : “माग्न परेन त, आज मैले उत्तर पुस्तिकामा त चीनको राजधानी काठमाण्डौ लेखेको छु ।“
  • शिक्षक : राम तिमी भन त कमिलाको खाना भन्दा सानो के हुन्छ ?

    राम : सोँच्दै ! सर, त्यो त कमिलाको मुखनै हो नि । बैंकमा डकैती सुरु भएछ, लुटेराले बैंकको क्यासियरलाई बाँधिदिएछ । लुटीसकेपछि लुटेरा भाग्न लाग्दा क्यासियरले जोडले कराएर भनेछ:- “मित्र, यो फाईल पनि साथमै लिएर जाउ, मेरो हिसाबमा यो फाईलमा दूई लाखको गडबड छ ।“
  • केटा: प्रिय, म तिमीलाई बिहे गर्न सक्दिन ल मेरो घरबाट मन पराउँदैनन्।

    केटी: तिम्रो घरमा को को छ नि?

    केटा: एउटी श्रीमति र तीन बच्चा...।
  • शिक्षक: तिम्रो बुबा कति वर्षको हुनु भयो?

    हरि : सर, म जति वर्षको भएँ त्यत्ति नै मेरो बाबा पनि त्यत्तिनै वर्षको हुनुभयो ।

    शिक्षक: यो कसरी संभव हुन्छ ?

    हरि : सर, उहाँ बुबा हुनुभएको म जन्मे पछि त हो नि । 
  • एक केटीलाई प्रेम प्रस्ताव राखेछ...

    केटीले भनेछ: म त तिमी भन्दा एक वर्ष जेठी छु ।

    केटाले भनेछ: केहि फरक पर्दैन, म तिमीलाई एक वर्षपछि मात्र बिहे गर्छु । 
  • मर्ने बेलामा पतिले आफ्नो पत्नीलाई सबै साचो कुरा भन्न चाहेछ। र भनेछ:- मैले तिमीलाई जिन्दगी भरी धोका दिए। मेरो धेरै केटीहरुसँग नाजायज सम्बन्ध थियो।
    पत्नी:- म पनि तिमीलाइ सबै साचो कुरा भन्न चाहान्छु, तिमी बिरामी भएर मर्न लागेको हैन, मैले तिमीलाइ स्लो पोइजन दिएर यस्तो भएको हो।" 
  • शिक्षक:- भन त मुन्द्रे आज स्कुल ढिलो आउनको के बाहाना सोचिरहेको छौ?

    मुन्द्रे:- आज म यति छिटो दौडदै आए कि सर मैले कुनै बाहाना सोच्नै भ्याइन। 
  • एक बच्चा:- यदि दिनमा सुर्य ननिस्किने हो भने के हुन्छ?

    अर्को बच्चा:- बिजुलीको बिल बढ्छ।
  • छोरा आफ्नो बुवासँग:- बुवा तपाई र म मा को योग्य र राम्रो मान्छे हो?

    बुबा:-त भन्दा म योग्य र राम्रो मान्छे हो, किनकि म तेरो बाबु हुँ, अर्को उमेरमा पनि त भन्दा ठुलो म हुँ, र बुद्दिमा पनि मेरै बढी छ।

    छोरा:- त्यसो भने त तपाइला थाह होला, कि अमेरिका कस्ले पत्ता लगायो

    बुबा:- अमेरिका कोलम्बसले पत्ता लगायो ।

    छोरा:- कोलम्बसको बुबाले किन पत्ता लगाएन किनकि कोलम्बसको बुबा उमेरमा पनि कोलम्बस भन्दा ठुलो हुनुहुन्थ्यो र बुद्दिमा पनि उहाकै बढी थियो होला नि ।
  • कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।

    शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् , ल भन त कुन महिनामा २८ दिन हुन्छ?

    मुन्द्रे:- सर, २८ दिन त जुनै महिना मा पनि हुन्छ नि।
  • कुनै भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। तर मुन्द्रेले आफुसँग पैसा नभएको कुरा साउजीलाइ भन्यो त्यसपछि साउजीले दुई झापड दिएर मुन्द्रेलाई त्यहाबाट खेदायो।                                                                        फेरी भोलीपल्ट भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले आज त पैसा तिर्छ होला हिजोको मेरो थपड बिर्सिएको छैन होला भनेर सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। तर मुन्द्रेले आफुसँग पैसा नभएको कुरा साउजीलाइ भन्यो त्यसपछि साउजीले मर्ने गरी कुट्यो र मुन्द्रेलाई त्यहाबाट खेदायो।

    पर्सिपल्ट पनि भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले आज त पैसा तिर्छ होला हिजोको मेरो कुटाइ बिर्सिएको छैन। अब त पैसा तिर्ने हिम्मत पनि गर्न सक्दैन होला भनेर सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। र भन्यो:- ओ भाइ, सबैलाई १-१ पेग फ्रि दिन्छौ, मलाई चाहि किन दिदैनौ? तपाई रक्सी नखादा त यस्तरी कुट्नु हुन्छ, झन खाएपछि त आफ्नो अर्काको नछुट्याइ कुट्नु हुन्छ होला नि त।
  • श्रीमती आफ्नो श्रीमानबाट

    श्रीमति : म अब यो घरमा एक मिनेट पनि बस्न सक्दिन ।

    श्रीमान : त्यसो तिमी के गर्छौ त ?

    श्रीमति : म माइत जान्छु, अब म तिमीलाई डिभोर्स दिन्छु ।

    श्रीमान : यस्तो राम्रो राम्रो कुरा गरेर तिमी मलाई कहिल्यै मुर्ख बनाउन सक्दैनौ ।
  • छोरा : बाबा, त्यो छिमेकको अंकलको नाम डार्लिङ हो ?

    बाबा : होइन छोरा, उसको नाम त रमेश हो ।

    छोरा : त्यसो भए तपाँई अफिस जानुभएपछि आमाले त्यो अंकललाई किन डार्लिङ भरे चाडै घर आउ भन्नुहुन्छ त ? 
  • एउटा नेताले सभामा साह्रै छोटो भाषण दियो, त्यो देखेर उसको एक कार्यकर्ताले सोधेछ

    कार्यकर्ता : नेताज्यू, तपाँईले आज किन यति छोटो भाषण दिनुभएको ?

    नेता : मेरो घाँटीले गर्दा।

    कार्यकर्ता : के तपाँईको घाँटीमा केहि समस्या छ ?

    नेता : होइन, मैले चिठी पाएको थिएँ, जसमा लेखेको थियो, जसले लामो भाषण गर्छ उसको घाँटी काटिनेछ । 
  • पुत्र (पितासँग):- पिता जि मलाई एउटा ढोल किनिदिनुहोस न।
    पिता:- हुदैन छोरा, तैले मलाई ढोल बजाएर वाक्क लगाउछस्।
    पुत्र :- लगाउदिन बुबा, म तपाई निदाएको बेला बजाउछु नि।
  • पत्नी:- यदि तपाइ मसँग सपिङको लागी जानु हुन्छ भने, म पनि जान्न ।
    पति (खुसी हुदै):- किन र तिमीलाई मेरो साथ जान रमाइलो लाग्छ हो?
    पत्नी:- मलाई त्यस्तो रमाइलो समाइलो हैन कि , त्यहा सपिङ सेन्टरमा सामान उठाउने कोही पनि हुदैन।
  • रमेशले उसको साथीलाई सोधेछ : कस्तो गल्ती गर्दा तिमी अरुलाई बधाई दिन्छौं ?
    जवाफमा उसले भनेछ: जुनबेला उसले बिहे गर्छ । 
  • एक नेता:- तपाइले किन यति ढिलो बिवाह गर्न लाग्नु भएको?
    दोस्रो नेता:- यो मेरो मध्यावधि चुनाव हो मेरो पहिलो विवाह भंग भएको थियो। 
  • एकदिन कुइरे र नेपालीले मित लगाएछन।
    नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है।
    कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी 
  • लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्र
    स्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?
    लोग्ने:- नत्र चिसै पानीले नहाउछु।
  • राजुको सबै दाँत किराले खाएर झरेको थियो। उ गाँउको सबै भन्दा छुच्चो र रिसउठ्दो फटाहा केटा थियो। उसलाई केही भन्ने बितिकै उसले तेरो बाउको टाउको भन्थ्यो र पनि उसलाई सबैले जिस्काथे। त्यो मध्ये पनि एउटा बुढो सदै जिस्काउथ्थयो। तर जहिले पनि जे भने पनि राम्रो नराम्रो, तेरो बाउको टाउको भनि हाल्थ्यो। त्यसबाट आजित भएर बुढोले केटाको बाउलाई सबै कुरा भनी दिएछ। त्यो सुनेर बाउ एक दमै रिसाएर छोरालाई बेसरी कुटेछ। र कायल काबु पारेछ, र अब नभन्ने बाचा गराएछ।
    फेरी पहिले जस्तै बुढोले राजुलाई जिस्काएछ।
    राजु:- तेरो..............................
    बुढो:- भनिस भने तेरो बाउलाई भनेर कुटाउछु, बुझिस्।
    राजु:- मैले हिजो भनेको...............
  • राजुको सबै दाँत किराले खाएर झरेको थियो। उ गाँउको सबै भन्दा छुच्चो र रिसउठ्दो फटाहा केटा थियो। उसलाई केही भन्ने बितिकै उसले तेरो बाउको टाउको भन्थ्यो र पनि उसलाई सबैले जिस्काथे। त्यो मध्ये पनि एउटा बुढो सदै जिस्काउथ्थयो।
    बुढो:- ए केटा, खै तेरो दातँ, सबै किराले झाएर सकेछ।
    राजु:- (मुख भित्रको एउटा बङगारा देखाउदै) के यो तेरो बाउको टाउको हो?!!!!!!!!!!!
  • मोहन आफ्नो साथी सित:- हेर राकेश, म लोकतन्त्रमा बिस्वास राखने मानिस हु, त्यसैले हाम्रो घरमा एउटा नयाँ सिस्टम छ। जसमा मेरो पत्नी अर्थ मन्त्री हुन, सासु रक्षा मन्त्रि हुनुहुन्छ, ससुरा बिदेश मन्त्री हुनुहुन्छ, साली शान्ती मन्त्री छन्।
    राकेश:- सायद तिमी चै प्रधानमन्त्री हौ होला हैन?
    मोहन:- हैन यार म त बिचरा जनता हु।
  • हवल्दार इस्पेक्टरसँग:- सर म त्यो चोर सँग डराएको भन्ने कुरा गलत हो।
    इस्पेक्टर:- त्यसो भए तिमी किन गाडीको पछाडी लुकेको त?
    हवल्दार:- त्यो त म कुकुर देखेर पो लुकेको त।
  • एक दिन मुन्द्रे आफ्नो काम गर्ने चमेलीको घरमा गएछ र ढोका ढकढकाउन थालेछ।
    चमेली: को हो ढोकामा बोर्ड
    मुन्द्रे :म
    चमेली: को म?
    मुन्द्रे: तिमी चमेली
  • एकदिन मुन्द्रेले मनिसहरु भगिरहेको देखेछ र त्यस मध्ये एउटालाई समातेर सोधेछ॥
    मुन्द्रे: दाई यि मान्छेहरु किन भगिरहेका छन्?
    मान्छे:हामी दौडमा दौडिदै छौ र जिन्ने एकजनाले पुरुसकार पाउने छ।
    मुन्द्रे: त्यसो भए अरु चै किन भागेका नि?
  • एक दिन मुन्द्रेको प्रमिकाले आफ्नो सबै लुगा फुकाल्यो र भनि
    मलाई तिम्रो श्रीमतिलाई जस्तै गर
    मुन्द्रेले सबै लुगा बटुल्यो र घुन लाग्यो । 
  • एक व्यापारीले सन्त नामको केटा नयाँ नोकर राखेछ । उसले पहिलो दिनको काम देखेर व्यापारी दंग परे । अर्को दिन व्यापारीले उसलाई आफ्नो कोठामा बोलाएर सोध्यो:
    व्यापारी: तिम्रो काम देखेर म बहुत खुशी छु । आज राती के के काम सक्यौं त ?
    सन्ते: आज अरु त केही गर्न भ्याइन सर, कम्प्युटरको किबोर्डमा अल्फाबेटहरु जताततै छरिएको रहेछ, रातभरी त्यही मिलाएर बसेँ । 
  • स्कुलमा शिक्षकले आफ्नो विद्यार्थीलाई दुई समुद्रको नाम सोधे:
    शिक्षक: दुई समुद्रको नाम बताऊ ?
    छात्र: सर, एउटा गंगा र अर्को गोदावरी ।
    शिक्षक: यो त नदी पो हो त ? म समुद्रको नाम सोध्दैछु ।
    छात्र: के फरक पर्छ र सर, आखिर यी दुवै पछि समुद्रमा मै मिसिने त हो । 
  • स्कूलमा एउटा शिक्षकले सधैँ एउटा हिसाब गरेर समय बिताउँथे, विद्यार्थीहरु यसले दिक्क भईसकेका थिए, एक दिन शिक्षकले आफ्ना विद्यार्थीहरुलाई प्रश्न गरे:
    शिक्षक: संसारमा सबै भन्दा अल्छि व्यक्ति को हो ?
    सबै विद्यार्थीले एकै स्वरमा: तपाँई ।
  • एउटा बाबुले आफ्नो छोरालाई चरा र बारुलाको बारेमा सोधेछ :
    बाबु: छोरा, तिमीलाई चरा र बारुलाको बारेमा केही थाहा छ ?
    छोरा: अहँ, जान्नु पर्‌या छैन मलाई ।
    बाबु (अचम्म मान्दै): किन ?
    छोरा: तिनीहरु दुबै एक अर्कालाई प्रेम गर्न सक्दैनन्, त्यसैले । 
  • एउटा बालकले आफ्ना बाबासँग सोधेछन्:
    बालक: बाबा, फेवाताल कहाँ छ ?
    (हतारिँदै) बुबा: छोरा, घरको सबै कुरा तिम्रो आमालाई थाहा हुन्छ, उसैले कतै राखेकी होली । 
  • प्रेमी: तिमीलाई फोन कसरी गरुँ त म ?
    प्रेमीका: किन नि ?
    प्रेमी: तिम्रो बुबाले फोन उठाए भने !
    प्रेमीका: तिमी डराउनु पर्दैन । मेरो बुबाले फोन उठाउनुभयो भने योगेश बोलेको भन, उहाँले बोलाई दिनुहुन्छ ।
    प्रेमी: योगेश ! ऊ को नि ?
    प्रेमीका: ऊ मेरो हुनेवाला श्रीमान हो । त्यसैले बुबाले फोन सजिलै दिनुहुन्छ । 
  • दुई प्रेमी प्रेमीका कोठामा बसिरहेका बेला प्रेमीले अकष्मात बत्ती निभाए:
    प्रेमीका: तिमीले के गरेको यो ? बत्ती बाल मलाई डर लाग्छ ।
    प्रेमी: तिमी नडराउन प्रिय, म छँदै छु नि ।
    प्रेमीका: तिमी भएर त डराएको नि । 
  • नव विवाहित दम्पति शहर जान बस चढेछन्, बसमा भिँडभाँड भएकाले युवकले युवतीलाई अँगालो हालेर उभिएको थियो:
    त्यो देखेर कण्डक्टरले भन्यो: ऐ दाई, बस्न नपाए पनि त्यो दिदीलाई राम्रोसँग उभिन त दिनुस् ।
    युवक: अगि तपाँईले नै भनेको होईन, आफ्नो सामानको सुरक्षा आफैले गर्नु भनेर ?
  • पहिलो: तिमी खुट्टा नभएको कुकुरलाई के भनेर बोलाउँछौ ?
    दोश्रो: जे भने पनि हुन्छ, जे भने पनि त्यो आउँदैन ।
  • सर: सरोज, भ न त अल्छि र मिहेनतीमा के फरक छ ? सरोज: सर, अल्छिले तुरुन्तै फल पाउँछ र मिहेनतीले भविष्यमा मात्र फल पाउँछ । 
  • श्यामे: मैले मोबाइलमा नम्बर डायल गर्‌यो कि एउटी केटीले मलाई जिस्क्याउँछे यार ।
    रामे: हो र ? के भन्छे त ?
    श्यामे: तिमी आफै सुन न ।
    रामे ले सुन्छ “माफ गर्नुहोला तपाँईले सम्पर्क गर्नुभएको मोवाइल लभ गरिरहेको छ ।“
  • मंगलसिंह: कुनै पनि फ्याक्स मुन्द्रेबाट आएको भनेर कसरी थाहा पाउने ?
    हर्कजंग: त्यो फ्याक्स स्ट्याम्प सहित लेटरप्याडमा आएको हुन्छ ।
  • बाबु: छोरा, मन लाएर पढ ल ।
    छोरा: तपाँई चश्मा लाएर पढ्ने, मलाई चाहिँ मन लाएर पढन लगाउने !

  • एक जना बिरामीलाई चेक गरेर डाक्टरले सोधेछ:
    डाक्टर: तपाँईले बिहान के खाजा खानुहुन्छ ?
    बिरामी: भैगो डाक्टरसाब, दु:ख नबगर्नुस । मैले घरमै टन्न खाएर आएको छु ।

  • पहिलो: ल भन त काल र क्रियामा के फरक छ ?
    दोश्रो: यो त सजिलै छ नि, मान्छेलाई पहिला काल आउँछ अनि क्रिया गरिन्छ ।
    पहिलो: भविष्यमा सबै भन्दा ठूलो उदेश्य के छ ?
    दोस्रो: धेरै पैसा कमाउने ।
    पहिलो: पैसा कमाउने भए मैले भनेको ठाउँमा जाउ, जहाँ पैसा नै पैसा छ ।
    दोस्रो : कहाँ हो त त्यो ठाउँ ? तिमी भन मात्रै म तुरुन्तै गइहाल्छु ।
    पहिलो: त्यसो भए नजिकैको बैंकमा जाउ ।
  • राजु: मेरो घरको कुकुर साह्रै ज्ञानी छ यार । जे भन्यो त्यहि गर्छ ।
    उमेश: केहि उदाहरण छ की ?
    राजु: एकदिन मेरो घरमा चोर आएछ । चोरले साँचो माग्नासाथ लगेर दिएछ ।
  • दुईजना गोठालाहरु:
    पहिलो: तिम्रो गाईले त वर्ष वर्ष दिनमा ब्याउँछ तर मेरो गाईले त दुई दुई वर्षमा मात्र ब्याउँछ यार ।
    दोश्रो: ए, तेसो भए तिम्रो गाईले परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्दो रहेछ ।
  • दुई जना फिल्मको बारेमा कुरा गर्दै
    सरोज: तिमीले दुष्मण फिल्म हेरेका छौँ ?
    रामु: सारै मज्जाको छ यार...।

    सरोज: हो र ? अन्तिममा के हुन्छ ?

    रामु : के हुनु नि ! अन्तिममा फिल्म सकिन्छ र सबै मान्छेहरु बाहिरा निस्कन्छन् ।

  • मुसर्फ भारत आए उनलाई २१ तोपकि सलामि दि तर एउटा पनि निसानेमा लागेन लागेको भए २० गोला बच्थियो

    पाकिस्तानले एकदम प्रगति गरेको छ त्यहाँ ईमेल बाट बिबाह हुन्छन हाम्रो त फिमेलसँग गर्छन

  • दुई जोडी:

    केटी: हाम्रो बिहेको पहिलो दिन तिमी के गर्छौं ?

    केटा: ससुरालीले दाइजो कति दिएछ त्यो चेक गर्छु ।

    केटी: हँ....!



  • ए: तिम्रो व्वाईफ्रेण्डलाई तिमी किन माया गर्छौ ।

    बी: उसले मेरो भावनाको कदर गर्छ त्यसैले । अनि तिमी नि ?

    ए: उसले नै पहिलो पटक मेरो छातीमा हात राखेको थियो, त्यसैले ।

  • एक जना चोर कोठामा बसिरहेका बेला पुलिसले भेट्टाएछ:

    पुलिस: हिँड अब तेरो जेलको चिसो भुईँमा सुत्ने दिन आयो ।

    चोर: जान त जाने तर एक महिनाको कति भाडा तिर्नुपर्ने हो त्यहाँ कुन्नि ?

    पुलिस : तँलाई केहि भाडा लाग्दैन, हिँड ।

    चोर: हो र ! त्यसो भए त गई हाल्छु नि । म त यहाँ भन्दा भाडा महंगो होला कि भनेर पो त...।

  • सर: हर्के तिमि यस्तो चिजको नाम भन जुन चिज तिमीले कहिल्यै छुन सक्दैनौं ।

    हर्के : त्यो त तपाँईको कान हो सर ।

  • शिक्षक: कसले यसको जवाफ दिन सक्छौं ? हात उठाउ त , अर्थशास्त्रीहरु के का लागि जन्मिएका हुन् ?

    डोमा: हत्तपत्त हात उठाउँदै, मलाई थाहा छ सर।

    शिक्षक: उठेर भन त ल।

    डोमा : मौसमको भविष्यवाणी गर्न ।

  • एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ

    तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै

    आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त

  • एउटा मान्छे जागिरको लागि इन्टरभ्यु दिन गएछ तर उसलाइ केहिपनि आउदैन रैछ र उसले भर्खरै इन्टरभ्यु दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधयो भनेर सोधेछ

    उसले भनेछ

    १)नेपालको प्र म को हुन? उत्तर गिरिजा प्र कोइराला

    २) नेपालमा प्रजात्रन्त कहिले आएको थियो?

    उत्तर प्रयास धेरै अगाडि देखि गरेको हुन सफलता चै २००९ साल मा पाए

    ३)चन्द्रमा मान्छे छ ?

    उत्तर साइन्टिस्टहरु तेसै बन्छन अनुसनधान भै रहेको छ



    र पहिको मान्छे प्रश्नलाइ ध्यान नदिइ उत्तर कण्ठ पर्न थालेछ

    जब उसको पालो आयो उ गएछ र उसलाइ प्रश्न सोधिएछ



    १)तपाइको नाम

    उत्तर गिरिजा प्र कोइराला

    २)हो र कहिले जन्मनु भो?

    प्रयास धेरै अगाडि देखि गरेको हुन सफलता चै २००९ साल मा पाए

    ३)तपाइ पगाल होकि के हो?

    साइन्टिस्टहरु तेसै बन्छन अनुसनधान भै रहेको छ

  • सन्देह: सुन न आकाश, संसारमा सगरमाथा भन्दा अग्लो के होला है ?

    आकाश: ल, तिमिलाई त्यति पनि थाहा छैन ?

    सन्देह: अँह ।

    आकाश: त्यो त मान्छे नै हो नि ।

    सन्देह: कसरी नि ?

    आकाश: सगरमाथाको टुप्पामा मान्छे चडेपछि त्यो भन्दा अग्लो भएन त !

  • सर: रमेश, तिमी किलोमिटरको परिभाषा दिन सक्छौ ?

    रमेश: यस्तो सजिलो उत्तर पनि दिन्न त सर !

    सर: त्यसो भए भन न त ! के हो ?

    समेश: सर, किलोमिटर भन्नाले त्यस्तो दुरीलाई बुझिन्छ, जुन तपाँईले एक किलोग्रामको भारी बोकेर पार गर्न सक्नुहुन्छ ।

  • सानो बच्चाले आफ्ना आमालाई सोधेछन्:

    बच्चा: आमा, साना कम्प्युटरले आफ्ना बुबालाई के भनेर बोलाउँछन् ?

    आमा: डाटा ।

  • श्याम: कञ्चन, भन त गाईले कुन खेल खेल्न सक्छ ?

    कञ्चन: म्यूजिकल चियर ।

  • पहिले पहिले ५० ओबरको क्रिकेट म्याच हुन्थयो अनि २०-२० आयो अब १०-१० आउछ अनि ५-५ आउछ र एक दिन टससे गरेरै खेल सकिन्छ कसले जित्यो कसले हाय्यो।

  • एउटा मनिस अर्को मान्छेलाई कुटदै थियो।त्यो देखेर नजिकैको मान्छेले सोधयो

    मान्छे: दाई उसलाई किन कुटेको?

    कुटने मान्छे: यो गित गाउछ "आज मै उपर आश्मा निचै"

    मान्छे: गित गाउदैमा किन कुटेको त?

    कुटने मान्छे:आश्मा मेरी स्वास्नीको नाम हो॥

  • हाकीम:- यती धेरै किन पिउछस्? यदी तेरो रेकर्ड राम्रो भयो भने तेरो प्रमोसन भएर मुखिया हुन्छस।

    कर्मचारी:-माफ गर्नुहोस सर, कुरा यि छ कि जब मैले २-३ गिलास पिउछु तब म आफुलाई हाकिम भन्दा ठुलो सम्झिन थाल्छु।

  • दुईजना साथीहरु कुरा गर्दै
    राम:-यार मलाई आजकल निन्द्रा नै पर्दैन।
    स्याम:-हो र! अनि यसको लागी के गर्छौ त?
    राम:- आधा आधा घण्टामा १-१ पेग व्हिस्की लिन्छु।
    स्याम:- यसले केही फाइदा गर्छ त?
    राम:- गर्दैन, तर आधा आधा घण्टामा उठ्न सफल भने हुन्छु।

  • दुईजना केटाहरु ड्रग्सको लतमा धेरै फसेका थिए।उनिहरुलाई ड्रग्स छुटाउने केन्द्रमा लगेर राखनु पर्यो। केही समय पछि तिनिहरु दुबै ठिक भए। त्यसपछि तिनिहरु पनि ड्रग्स छुटाउने काममा नियुत्त भए। दुबैजना आ-आफ्नो कार्य क्षेत्रमा गए। र केहि समय पछि दुबैले धेरै मान्छेहरुलाई ड्रग्सबाट छुटाएको दाबी गरे। त्यसपछि एकले पहिलोलाई सोध्यो:- तिमीले कसरी त्यत्रो मान्छेलाई ड्रग्सबाट छुटायौ? पहिलो:- मैले मान्छेहरुलाई दुईटा गोलो घेरा, एउटा सानो, एउटा ठुलो बनाएर देखाए अनि भने कि यो दुबै हाम्रो दिमाग हो, यो ठुलो घेरा ड्रग्स खानु भन्दा पहिलेको दिमाग हो र यो सानो घेरा भने ड्रग्स लिन थालेपछिको हो, यसरी हाम्रो दिमाग सानो हुन्छ भने त्यसपछि त धेरै मान्छे ड्रग्स छोड्न तयार भए। अर्को मान्छे(दोस्रोलाई):- अनि तिमीले कसरी त्यती धेरै मान्छेलाई ड्रग्स छुटायौ? दोस्रो:- मैले पनि मान्छेहरुलाई दुईटा गोलो घेरा, एउटा सानो, एउटा ठुलो बनाएर देखाए अनि भने कि यो दुबै हाम्रो एस होल हो, यो सानो घेरा ड्रग्स खानु भन्दा पहिलेको एस होल हो र यो ठुलो घेरा भने ड्रग्स लिन थालेपछिको हो, यसरी हाम्रो एस होल ठुलो हुन्छ भने त्यसपछि त धेरै मान्छे ड्रग्स छोड्न तयार भए। 
  • एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
    " हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
    स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
  • एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
    आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
    छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
  • एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
    कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
    साहुजी : ल यो लिनुहोस् राम्रो छ
    कन्जुस : कती पर्छ यसको ?
    साहुजी : ५००
    कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
  • एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
    जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "
  • स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
    लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
  • राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
    श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
    राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।
  • एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
    अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
    साथी : हो र ?
    अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
  • लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
    स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
    लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
    पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
    डाँका : हा हा हा
    पुलिश : ओए किन हाँस्दै छस ?
    डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
  • एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
    बुढा : बाबु तिमी के गर्दै छौ ?
    बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
    बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
    बच्चा : अब भागौ .......
  • ३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
  • शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नुरामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।
  • एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन
  • "एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?गाईड : ५ बर्षटुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।रानीपोखरी देखे पछि फेरीटुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछनटुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो निगाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....
  • प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
  • प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।प्रेमीका – रक्सी र तास नि !प्रेमी – त्यो पनि छोड्छु ।प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !प्रेमी – तिमीलाई !प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
  • शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौंशिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि तश्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?राम : अहँ आउँदैनश्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।राम : तिमीलाई पौडी खेल्न आउछ त ?श्याम ( गमक्क फुल्दै ): आउछराम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

  • बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?
  • गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"स्वास्नी : "कस्तो भ्रम??"लोग्ने : "म निदाएको थिए भनेर!!
  • "बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउलाअनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछखसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।
  • तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।
  • एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...
  • युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
  • शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?राम : ३ प्रकारको सरशिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ तराम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
  • शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।दुई जना पागल कुरा गर्दै थिएपहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?एउटा केटीले आफ्नो दिदी सँग सोधेछनबहिनी : दिदी यो दुल्हा भनेको के हो ?दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
  • प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
  • माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।
  • शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
  • भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
  • स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?लोग्ने : शार्जहा जतीस्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ...एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।
  • "रामश्याम र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?"गुलाफ"रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो "जस्मिन" कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो"क्याक्टस" ल अब पुछ तिम्रो चाक क्याक्टसले ....
  • बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...
  • एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...
  • दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो रपहिलो : दाई तपाईं किन रुनु भएको ?दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............
  • डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...रोगी: किन डाक्टरसाप -डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
  • जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।
  • बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -पाहुना: किन र बाबु -बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ।
  • आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।
  • एउटा घरमा राति चोरि भएछ | भोलिपल्ट प्रहरीले चोर पक्रिएछन र घरधनीलाइ खबर गरिदिएछन् | घरमुली लोग्नेमान्छे हतार हतार आएछ र आफ्ना समान पहिचान गर्नु भन्दा पनि चोरलाइ भेट्न आतुर भएछ | प्रहरी, ‘तपाइँ आत्तिनु पर्दैन, चोरलाइ हामी कढा भन्दा कढा कारबाही गर्नेछौं |’

    घरमुलीले भनेछ, ‘ कारबाहीको कुरा होइन, मलाई त यो कुरा थाह पाउन मन् लाग्यो कि मेरी स्वास्नीले सुईंकै नपाउने गरी घरभीत्र कसरी छिर्यो? यत्तिका बर्ष भैसक्यो मैले कोशिश गरेको |’
  • हत्याको केशमा एउटा ८० बर्षको बृद्ध साक्षी थिए, बिपक्षी वकिलले सोध्यो, ‘के तपाईंले हत्या भएको देख्नु भएको थियो?’

    ‘हो मैले देखेको थिएँ’ बृद्धले भने, ”कठघरामा उभिएको मान्छे नै हत्या गरेर लाशलाई भीरबाट खसालिदिएको मैले देखेको हूँ |’

    वकिलले सोध्यो, ‘यो घटना रातीको समयमा भएको थियो, के तपाईं किटान गरेर भन्न सक्नुहुन्छ कि यो हत्या उसले नै गरेको हो?’

    ‘हो मैले मेरै आँखाले देखेको हूँ’ बृद्धले फेरी दोहोर्याए
    वकिलले फेरी सोध्यो, ‘बुबा, तपाईं ८० बर्षको भैसक्नु भएको छ, तपाइँका आँखा कमजोर छन् | रातिमा कति टाढासम्म देख्न सक्नु हुन्छ?’

    बृद्धले भने, ‘चन्द्रमा सम्म त राम्रैसंग देख्छु बाबु, बरु कति टाढा छ कुन्नि ?’
  • काठमाण्न्डौबाट धरानको लागि बस छुट्यो, बस चलेपछि एकजना बृद्धाले बसको खलाँसीलाइ भनिन, “बाबु म बुढी मान्छे, निदाउन सक्छु, मुग्लिन आइपुगेपछि मलाई भन्नु है” खलाँसीले “हुन्छ आमै” भन्यो | त्यसपछि गाडी नौबिसेमा रोक्यो, बृद्धाले सोधिन, “बाबु मुग्लिन आइपुग्यो?”, खलाँसीले भन्यो, “आइपुगेको छैन आमै”, फेरी गाडी मलेखु पुगेर खाना खान रोकियो, बृद्धाले फेरी सोधिन, “बाबु मुग्लिन आइपुग्यो?” खलाँसीले फेरी भन्यो, “आइपुगेको छैन आमै, पिर नगर्नु मुग्लिन आएपछि हजुरलाई भनिहाल्छु नि”| तर जुन जुन ठाउँमा बस रोकिन्थ्यो, बृद्धा “मुग्लिन आइपुग्यो?” भनेर सोधीहाल्थिन, यो सुनी सुनी सबैजना यात्रु पनि अवाक भैसकेका थिए, सबै मिलेर ‘मुग्लिन आइपुगेपछि हजुरलाई ब्युँझाईदिउँला, आरामसंग सुत्नुस आमै’ भनेर सम्झाए |

  • सैनिक परेड
    सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,
    अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’
    राम बहादुर, ‘बन्दुक हो सर ‘
    अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’
    अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’
    दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर |’
  • लामो बाटो, एउटा एउटा गर्दै सबै यात्रु निदाएछन्, चालकले अचानक ब्रेक लगाउँदा सबैजना ब्युँझिए, यसो झ्याल बाहिर हेर्दा बस त मुग्लिन कटेर नारायणघाट पो आइपुगेछ, बृद्धा अझै निदाईरहेकी थिईन, सबै यात्रुले खलाँसीलाइ गाली गर्न थाले, ‘मुग्लिन आइपुग्दा पनि बृद्धालाइ नब्युँझाईदिएको’ भन्दै | बृद्धा अब अलपत्र पर्ने भईन भन्ने सोचेर सबैजना आत्तिन थाले अनि चालकलाइ सम्झाई वरी बृद्धा नब्युँझींदै मुग्लिन पुर्याईदिन आग्रह गरे, चालकले पनि अनुमति जनायो र गाडी फर्केर मुग्लिन आइपुग्यो, अनि बृद्धालाई ब्युँझाईदिए, “आमै, मुग्लिन आइपुग्यो, उत्रिनुस” बृद्धा छक्क पर्दै सबैको मुखमा हेरेर सोधिन, “किन बाबु?”, यात्रुले भने, “मुग्लिन आए पछि हजुरलाई ब्युँझाईदिनु भन्नु भाथ्यो त्यसैले?” बृद्धा बिस्तारै आफ्नो झोला भित्र हात घुसारिन, र औसधिका दुइटा गोलि निकाल्दै भनिन, “छोरोले मुग्लिन पुगेपछि नबिर्सीकन यो ओखती खानु भनेको थियो त्यसैले पो….. ” 
  • चकटिमा योगिहरु
    दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेका थिए। त्यतिकैमा एउटा बिरक्तीएको मानिस आएर सबैभन्दा सिनियर जस्तो देखिने साधुसँग भन्यो, ‘माहात्मा !! मलाई कुनै केटीले पनि वास्ता गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?
    साधु:-(अर्को साधुसँग) स्वामिज्यु, ल यो नयाँ साथीलाई पनि एउटा चकटिको ब्यवस्था गरिदिनु पर्यो |
  • एक पटक एउटा मान्छे, डाक्टरलाई मुर्ख बनाउने बिचारले गएछ
    डाक्टर : के समस्या छ?
    मान्छे, :- डाक्टरसा’ब, हेर्नु न, मलाई केही नखाने भने भोक लाग्छ, नसुत्ने भने निद्रा लाग्छ अनि धेरै काम गरे भने थकाइ लाग्छ
    डाक्टर :- त्यसोभए रात भरी घाममा बस्ने गर्नुस, निको हुन्छ…
  • बिरामी :- डाक्टरसा’प् म बिहान ६ बजे पिसाब फेर्छु अनि ७ बजे दिसा गर्छु
    डाक्टर :- अनि समस्या चाहीं के हो त?
    बिरामी :- हजूर समस्या चाहीं निन्द्रा बिहान ८ बजे मात्र खुल्छ !!
  • एकपटक प्रमुख दलका नेताहरु एउटी बसमा चढेर कतै जाँदै रहेछन, अचानक बस बाटोबाट गुल्टिएर, रुखमा ठोक्किएर सडक भन्दा धेरै मुनि एउटा किसानको खेतमा पुगेर पछारिएछ |
    एउटा बृद्ध किसान जो खेत नजिकै बसिरहेको थियो, गएर हेरेछ, सबैलाइ बाहिर निकालेछ, त्यसपछि एउटा ठुलो खाल्डो खनेर सबै नेताहरुलाई त्यहीं गाडीदिएछ |
    भोलिपल्ट दुर्घटनास्थलमा प्रहरी आएर निरीक्षण गर्न थालेछन | बृद्धले सबै नेताहरुलाइ खाल्डो खनेर गाडीदिएको कुरा भनेछ |
    प्रहरीले बृद्धलाइ सोधेछ, ‘के सबै नेताको मृत्यु भैसकेको थियो र गाडीदिनुभएको ?’
    बृद्धले भनेछ, ‘होइन… कोहि कोहि त जिऊँदै छु भनेर कराऊँदै थिए, तर यस्ता नेता भनाऊँदाको के भर पर्नु, कहिले पो साँचो बोल्छन र?
  • किराहरु र जनावरहरुको फूटबल म्याच
    एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;
    “कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?”
    “पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।”
  • दिमागमा आगो
    श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
    हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको 
  • गधा
    हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
    श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?

No comments:

Post a Comment